विदेश

टर्की र सिरियामा भूकम्पमा परेर हराइरहेकाहरूको खोजी र उद्धार जारी

हिमालय टिभी
२०७९ माघ २५ गते ९:०५
टर्की र सिरियामा भूकम्पमा परेर हराइरहेकाहरूको खोजी र उद्धार जारी

२५ माघ २०७९ टर्की । टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर हराइरहेकाहरूको खोजी तथा उद्धारको काम चलिरहेको छ ।

तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अहिलेसम्म टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

केही परिवारले भने उद्धारकर्ताले ढिला गरि प्रतिक्रिया दिँदा समस्या भएको गुनासो गरेका छन् । गत सोमबार दुई देशको सिमानामा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसपछि ७ दशमलव ५ परकम्प गएको थियो ।

यसैबीच टर्कीले दक्षिणी भेगको १० वटा प्रान्तमा आपतकाल घोषणा गरेको छ ।

सोमबार गएको भूकम्पमा परेर झण्डै ६ हजार जनाको मृत्यु भएकाले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाको लागि आपतकाल घोषणा गरिएको राष्ट्रपति रेसेप तायप इर्दोगानले बताउनुभयो ।

उहाँले अहिलेसम्म विभिन्न ७० भन्दा धेरै देश उद्धार र राहतमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *