विदेश

बृहस्पति ग्रहका थप १२ चन्द्रमा पत्ता लगाएको खगोलविद्हरूको दाबी

हिमालय टिभी
२०७९ माघ २२ गते ९:०८
बृहस्पति ग्रहका थप १२ चन्द्रमा पत्ता लगाएको खगोलविद्हरूको दाबी

२२ माघ २०७९ न्युयोर्क । खगोलविद्हरूले बृहस्पति ग्रहका थप १२ चन्द्रमा पत्ता लगाएको दाबी गरेका छन् ।

अमेरिकाको हवाई राज्य र चिलीमा सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ ।

पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ० दशमलव ६ माइलदेखि दुई माइल सम्मका रहेका पाइएको छ ।

योसँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति बन्न पुगेको छ । यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा रहेको पत्ता लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *