विदेश

रुसी इन्धनमा भोलिदेखि युरोपमा प्रतिबन्ध

हिमालय टिभी
२०७९ माघ २१ गते ९:०२
रुसी इन्धनमा भोलिदेखि युरोपमा प्रतिबन्ध

२१ माघ २०७९ ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले रूसबाट निर्यात हुने इन्धनमाथि प्रतिबन्ध लगाउने भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रयासस्वरुप यो कदम चालिएको बताइएको छ ।

यसअघि ईयूले गत डिसेम्बरमा समुद्री मार्गबाट आउने रूसी कच्चा तेललाई प्रतिबन्ध लगाएको थियो र जी–७ का साझेदारसँग मिलेर विश्वभर निर्यातका लागि प्रतिब्यारेल ६० डलरको सीमा तोकेको थियो ।

अब पेट्रोल, डिजेल र इन्धनजस्ता रूसी प्रशोधित तेल उत्पादनहरूलाई लक्षित गरी ईयु राष्ट्रमा भोलिदेखि नयाँ प्रतिबन्ध लागू हुने भएको छ । रुसलाई आर्थिक रुपमा कमजोर पार्न ईयु राष्ट्रहरूले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *