विदेश

भारतको झारखण्डस्थित अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु

हिमालय टिभी
२०७९ माघ १८ गते ८:५५
भारतको झारखण्डस्थित अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु

१८ माघ २०७९ नयाँ दिल्ली । भारतको झारखण्डस्थित धनवाद भन्ने स्थानमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।

आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो ।

आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *