विदेश
पाकिस्तानको एक मस्जिदमा आक्रमण, मृत्यु हुनेको सङ्ख्या ५९ पुग्यो
२०७९ माघ १७ गते ९:३२
१७ माघ २०७९ इस्लामावाद । पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा भएको आक्रमणमा परेर मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ ।
१५० भन्दा धेरै घाइते भएका छन् । ३ सयदेखि ४ सयको हाराहारीमा प्रहरी रहेको ठाउँमा आक्रमण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । तर पाकिस्तानी तालिवानले आक्रमण गरेको अनुमान गरिएको छ ।
प्रतिक्रिया