विदेश

तालिबान सरकारले महिलालाई मानवीय क्षेत्रमा काम गर्न अनुमति दिने तयारी

हिमालय टिभी
२०७९ माघ १२ गते ८:५४
तालिबान सरकारले महिलालाई मानवीय क्षेत्रमा काम गर्न अनुमति दिने तयारी

१२ माघ २०७९ काबुल । अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाई केही मानवीय क्षेत्रमा काम गर्न अनुमति दिन नयाँ दिशानिर्देशहरू बनाउने योजना बनाएको बताएको छ ।

तालिबान सरकारका मन्त्रीहरूले संयुक्त राष्ट्र सङ्घका एक वरिष्ठ अधिकारीलाई केही मानवीय कार्यमा महिलालाई सहभागी हुने दिने गरी काम भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अफगानिस्तानमा गएको एक दशकको तुलनामा यो वर्ष सबैभन्दा चिसो भएपछि बितेको दुई हप्तामा मात्रै १ सय २६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

यद्यपी गत महिना गैरसरकारी संस्थाहरूमा काम गर्ने अफगान महिलाहरूलाई प्रतिबन्ध लगाउने आदेश भने तालिबान सरकारले यथावत राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *