विदेश

न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा हिपकिन्स नियुक्त हुने निश्चित

हिमालय टिभी
२०७९ माघ ८ गते ९:३४
न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा हिपकिन्स नियुक्त हुने निश्चित

८ माघ २०७९ न्युजिल्याण्ड । न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त हुने निश्चित भएको छ ।

वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने घोषणा गरेसँगै हाल प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री रहेका हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री बन्नुअघि उहाँको दलको प्रस्तावलाई आज प्रतिनिधिसभाले औपचारिक रुपमा अनुमोदन गर्ने खबरमा उल्लेख छ । प्रतिनिधि सभाले अनुमोदन गरे आगामी फेब्रेअरी ७ मा उहाँले सत्ताको नेतृत्व गर्नुहुनेछ ।

मुद्रास्फीति र बढ्दो सामाजिक असमानतालाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री आर्डर्नले राजीनामा दिएसँगै हिपकिन्सले सोही मुद्दामा थप चुनौतीको सामाना गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *