विदेश

बुर्किना फासोमा भएको छुट्टाछुट्टै आक्रमणमा १८ जनाको मृत्यु

हिमालय टिभी
२०७९ माघ ७ गते ८:५७
बुर्किना फासोमा भएको छुट्टाछुट्टै आक्रमणमा १८ जनाको मृत्यु

७ माघ २०७९ बुर्किना फासो । बुर्किना फासोमा भएको छुट्टाछुट्टै आक्रमणमा परेर १८ जनाको मृत्यु भएको छ ।

विद्रोही जिहादी समूहले दुई ठाउँमा गरेको आक्रमणमा मृत्यु हुनेमध्ये १६ जना सेनालाई सहयोग गर्ने सहयोगी छन् ।

देशको उत्तर र उत्तरपश्चिममा भएको आक्रमण जिहादीविरुद्ध सात वर्षसम्म चलेको लडाइँमा सेनालाई सहयोग गर्ने एक नागरिक बलमाथि भएको पछिल्लो आक्रमण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बुर्किना फासो सन् २०१५ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध जिहादीहरूको नेतृत्वमा भएको विद्रोहसँग जुधिरहेको छ । द्वन्द्वका कारण दशौँ हजारको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *