विदेश

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढ्यो

हिमालय टिभी
२०७९ पुष २२ गते ९:४०
श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढ्यो

२२ पुस २०७९ कोलम्बो । श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको पाइएको छ ।

स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले संसद्लाई सम्बोधन गर्दै श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताउनुभएको हो ।

मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको र सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *