विदेश
अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु
२०७९ पुष १९ गते ९:०८

१९ पुस २०७९ अस्ट्रेलिया । अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
गोल्ड कोष्टको सी वर्ल्ड नजिकै दुई वटा हेलिकोप्टर ठोक्किएको बीबीसीले जनाएको छ ।
एउटा उडान भर्ने क्रममा र अर्को अवतरण गर्ने क्रममा रहेका हेलिकोप्टर ठोक्किएको बताइएको छ । अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया