विदेश

पेलेको अन्तिम संस्कार आज गरिँदै

हिमालय टिभी
२०७९ पुष १९ गते ८:५६
पेलेको अन्तिम संस्कार आज गरिँदै

१९ पुस २०७९ ब्राजिल । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदैछ ।

अन्तिम संस्कारअघि उहाँको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाउनुभएको थियो ।

क्यान्सर पीडित उहाँको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रङ्गशालामा लगिएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *