विदेश
युक्रेनको राजधानी किभमा दर्जनौं मिसाइल प्रहार
२०७९ पुष १७ गते ९:२६
१७ पुस २०७९ युक्रेन । नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले पुनः युक्रेनको राजधानी किभमा दर्जनौं मिसाइल प्रहार गरेको छ ।
युक्रेनी अधिकारीहरूका अुनसार आक्रमणमा एक जनाको मृत्यु भएको छ । पछिल्लो आक्रमण रुसको ठूलो हवाइ हमलाको दुई दिनपछि भएको हो ।
दुई दिनअघि भएको हवाइ हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्नसक्ने चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया