विदेश
रुसले तेलको मूल्य निर्धारण गर्ने देश र कम्पनीलाई तेल बिक्री नगर्ने
२०७९ पुष १३ गते ८:४८

१३ पुस २०७९ मस्को । रुसले आफ्नो देशको तेलको मूल्य निर्धारण गर्ने देश र कम्पनीलाई तेल बिक्री नगर्ने भएको छ ।
यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य पालना गर्ने तेल बिक्री नगर्ने निर्णय गरेको रुसी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि रुसी तेल प्रति ब्यारेल ६० डलरभन्दा धेरै नतिर्ने जी ७ समूहका देश, अस्टे«लिया र इयू ले घोषणा गरेका थिए ।
यो मूल्य पालना गर्ने कुनै पनि देश र कम्पनीलाई आफ्नो देशको तेल विक्रि नगर्ने रुसले घोषणा गरेको हो ।
प्रतिक्रिया