विदेश
चीनमा आउँदो हप्तादेखि आगन्तुकले क्वारेन्टिन बस्नु नपर्ने
२०७९ पुष १२ गते ९:०५
१२ पुस २०७९ बेइजिङ । चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टिनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ ।
शून्य कोभिड नीति कार्यान्वयन गरेको चीनले जनावरी ८ देखि आगन्तुकले क्वारेन्टिन बस्नु नपर्ने जनाएको हो ।
सन् २०२० को मार्च महिनादेखि चीन पुग्ने हरेक नागरिकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको थियो । तर शुरुमा ५ दिनको व्यवस्था गरिएकोमा पछि घटाएर ३ दिनमा झारिएको थियो ।
प्रतिक्रिया