विदेश

बुर्किनाफासोमा एउटा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा १० जनाको मृत्यु

हिमालय टिभी
२०७९ पुष १२ गते ८:५९
बुर्किनाफासोमा एउटा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा १० जनाको मृत्यु

१२ पुस २०७९ बुर्किनाफासो । बुर्किनाफासोमा एउटा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

अरु ५ जना घाइते भएका छन् । नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले जनाएको छ । बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन् ।

गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै आक्रमण रोक्ने दाबी गरेको थियो । तर पनि आक्रमणमा कमि नआएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *