विदेश
अफगानिस्तानमा महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा
२०७९ पुष ६ गते ८:४९
६ पुस २०७९ काबुल । अफगानिस्तानमा शासन गरिरहेको तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ ।
महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको अफगानिस्तानको उच्च शिक्षा मन्त्रीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । मन्त्रीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि यो प्रतिवन्ध लागू गरिएको छ ।
यो निर्णय तत्काल लागू हुने पनि खबरमा उल्लेख छ । यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ ।
गत वर्ष तालिवानले सत्ता हातमा लिएपछि महिलाका लागि विभिन्न निषेध गर्दै आएको छ । यसअघि महिलालाई महिला शिक्षक नै वा वृद्धले मात्र पढाउन पाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया