विदेश
पत्रकारको ट्वीटर एकाउन्ट बन्द गर्ने निर्णयको राष्ट्र संघद्वारा विरोध
२०७९ पुष २ गते १३:०७
२ पुस २०७९ न्युयोर्क । संयुक्त राष्ट्र संघले पत्रकारको एकाउन्ट बन्द गर्ने ट्विटरको निर्णयको विरोध गरेको छ ।
राष्ट्र संघले प्रेस स्वतन्त्रता कुनै खेलौना नभएको भन्दै स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला रहेको स्पष्ट पारेको छ ।
यसअघि ट्विटरले न्यूयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका केही पत्रकारको एकाउन्ट बन्द गरेपछि युरोपियन युनियनले विरोध गरेको थियो । ईयूले ट्विटरलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
ट्विटरका प्रवक्ताले भने अमेरिकी समाचार वेबसाइटमा कार्यरत पत्रकारको लोकेशन डाटाको लाइभ आदानप्रदानका लागि ट्विटर खाता निलम्बन गरिएको बताएका छन् ।
ट्विटरका मालिक एलन मस्कले भने वास्तविक समय र स्थान सार्वजनिक रूपमा पहिचान हुने पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने उल्लेख गरेका छन् ।
प्रतिक्रिया