विदेश

दश उच्च प्रदुषितमध्ये ९ सहर दक्षिण एसियामै

हिमालय टिभी
२०७९ पुष १ गते ९:२२
दश उच्च प्रदुषितमध्ये ९ सहर दक्षिण एसियामै

१ पुस २०७९ न्युयोर्क । विश्व बैंकले दक्षिण एसियामा बढ्दो बातावरणीय जोखिम कम गर्न तत्काल कडा कदम चाल्नुपर्ने औल्याएको छ ।

विश्वका दश उच्च प्रदुषितमध्ये ९ सहर दक्षिण एसियामै रहेको र यसकै कारण ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परिरहेको भन्दै सचेत हुन विश्व बैंकले आह्वान गरेको हो ।

बर्सेनि २० लाख नागरिकले प्रदुषणकै कारण अकालमै ज्यान गुमाउनुपरेको भन्दै प्रदुषण नियन्त्रणका लागि सो क्षेत्रका मुलुकहरुले पारस्परिक सहकार्य गर्दै लगानी र नीतिगत व्यवस्थापन गर्नु आवश्यक रहेको विश्व बैंकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *