विदेश
भारतको बिहारमा विषाक्त रक्सी सेवन गर्दा दुई दिनमा ४३ जनाको मृत्यु
२०७९ पुष १ गते ८:५२

१ पुस २०७९ पटना । भारतको बिहारमा विषाक्त रक्सी सेवन गर्दा दुई दिनमा ४३ जनाको मृत्यु भएको छ ।
मदिरा निषेधित बिहारको सारण जिल्लामा दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ ।
मसरक शहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन घटना भएकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको अनुमान गरिएको छ । प्रहरी प्रशासनले अहिलेसम्म १ सय २६ जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया