विदेश

हाइटीमा हैजाविरुद्धको खोप लगाउने तयारी

हिमालय टिभी
२०७९ मंसिर २८ गते ९:०८
हाइटीमा हैजाविरुद्धको खोप लगाउने तयारी

२८ मंसिर २०७९ हाइटी । हाइटी सरकारले हैजाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसै साताबाट हाइटीमा हैजाविरुद्धको खोप अभियान सुरु हुनेछ । हैजाविरुद्धको १ करोड १७ लाख खोप प्राप्त भइसकेकाले यसै साताबाट देशव्यापी खोप अभियान शुरु गर्ने तयारी रहेको हाइटीका स्वास्थ्यमन्त्री लौरे एड्रिनले जानकारी दिनुभयो ।

अमेरिकाको स्वास्थ्य संस्था पीएएचओ र विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशनालयले हाइटीलाई हैजाविरुद्धको खोप उपलब्ध गराएको हो । हाइटीको स्वास्थ्य मन्त्रालयका अनुसार हैजाले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रका नागरिकलाई पहिलो चरणमा खोप लगाइने छ ।

गत अक्टोबर महिनादेखि हाइटीमा हैजा सङ्क्रमण फैलिएको हो । जसका कारण हालसम्म २ सय ८३ जनाको मृत्यु भइसकेको छ भने १३ हजार ६ सय ७२ जना प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *