विदेश
दक्षिण कोरियामा आन्तरिक मामिलामन्त्रीलाई बर्खास्त गर्ने तयारी
२०७९ मंसिर २६ गते ९:१२
२६ मंसिर २०७९ सिउल । दक्षिण कोरियाको संसदले इताएवनमा भएको भागदौडमा १ सय ५६ जनाको मृत्यु भएको विषयलाई लिएर आन्तरिक मामिला मन्त्रीलाई बर्खास्त गर्ने आह्वानसहितको प्रस्ताव पारित गरेको छ ।
२९ अक्टोवरमा १ सय ५२ जना घाइते हुने गरी भएको सो घटनालाई लिएर मन्त्री ली साङ–मिनमाथि राजीनामा दिन दबाब परिरहेको थियो ।
यसबीच विपक्षी विधायकको बाहुल्य रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको बीबीसीले जनाएको छ ।
कोभिड महामारी शुरु भएयता पहिलोपटक बिना कुनै रोकतोक हलोविन पर्व मनाउन भिड जम्मा भएका बेला सो घटना भएको थियो ।
यसअघि मन्त्री लीले यस घटनालाई लिएर संसदमा दुःखित हुँदै क्षमा माग्नु भएको थियो ।
प्रतिक्रिया