विदेश
अमेरिकी संसदद्वारा समलैङ्गिक विवाहलाई मान्यता दिनेगरीको विधेयक पारित
२०७९ मंसिर २४ गते ९:१९
२४ मंसिर २०७९ न्युयोर्क । अमेरिकी संसदको प्रतिनिधि सभाले समलैङ्गिक विवाहलाई मान्यता दिनेगरीको विधेयक पारित गरेको छ ।
अमेरिकी संसदको उच्च सदन सिनेटमा पारित भइसकेको यो विधेयक अब राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेपछि लागू हुनेछ । प्रतिनिधि सभामा रिपब्लिकन पार्टीका ३९ जना सांसदले उक्त विधेयकको पक्षमा मतदान गरेका थिए ।
विधेयक पारित भएपछि अमेरिकामा समलैङ्गिक विवाह र फरकफरक यौनिक पहिचान भएका नागरिकबीचको विवाहले कानूनी मान्यता पाउनेछ । अमेरिकी राष्ट्रपति बाइडनले संसदबाट पारित विधेयकलाई ऐतिहासिक रहेको बताउनुभएको छ ।
प्रतिक्रिया