विदेश
भारतमा विधानसभा चुनाव : गुजरात र हिमाचल प्रदेशको नतिजा आज आउने
२०७९ मंसिर २२ गते ९:०५

२२ मंसिर २०७९ नयाँ दिल्ली । भारतमा भएको विधान सभा चुनावअन्तर्गतको गुजरात र हिमाचल प्रदेशको मतगणना आज शुरु गरिएको छ ।
दुई प्रदेशको मतगणना आज बिहान ८ बजेदेखि शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातलाई भारतीय जनता पार्टी (भाजपा) को गढको रुपमा हेरिन्छ ।
राजधानी दिल्लीमा बहुमत ल्याएको आम आदमी पार्टीले गुजरातमा ल्याउन सक्ने परिणामलाई पनि चासोका रुपमा हेरिएको छ ।
गुजरातका मुख्य चुनाव अधिकारी भारतीका अनुसार १ सय ८२ विधानसभा सिटको गणनाका लागि निरीक्षक र सहायक चुनाव अधिकारी नियुक्त गरिएको छ ।
त्यसकालागि १ सय ८२ मतगणना निरीक्षक र ४ सय ९४ सहायक चुनाव अधिकारी नियुक्त गरिएका छन् । दुई प्रदेशको नतिजा आजै सार्वजनिक हुने भारतीले बताउनुभयो ।
प्रतिक्रिया