विदेश
दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टीको बहुमत
२०७९ मंसिर २१ गते २०:४७

२१ मंसिर २०७९ नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टीले बहुमत हासिल गरेको छ ।
कुल दुई सय ५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसीडी) चुनावमा आम आदमी पार्टीले एक सय ३२ सीट जितेर सुविधाजनक बहुमत ल्याएको छ ।
विगत १५ वर्षदेखि एमसीडी निर्वाचनमा प्रमुख दल बन्दै आएको भारतीय जनता पार्टीले एक सय चार सीटका जितेको छ ।
आफ्नो पार्टीप्रति भरोसा देखाएको भन्दै दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीवासीलाई धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया