विदेश

दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदै

हिमालय टिभी
२०७९ मंसिर १८ गते ९:०९
दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदै

१८ मंसिर २०७९ नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदैछ ।

कूल २ सय ५० वडामा हुने मतदानका लागि १ हजार ३ सय ४९ उम्मेदवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

मतदानका लागि १ करोड ४५ लाखको नाम त्यहाँको मतदाता नामावलीमा रहेको छ । मतगणनाको अन्तिम नतिजा आउँदो बुधबारसम्ममा सार्वजनिक गर्ने योजना रहेको खबरमा उल्लेख छ ।

स्थानीय निकायमा १५ वर्षदेखि नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (बीजेपी) फेरि दोहोरिने प्रयासमा छ भने आम आदमी पार्टी (आप) दिल्लीको सत्ताका साथै नगर निगममा पनि दबदबा बनाउने प्रयासमा छ । भारतीय कांग्रेस पनि दिल्लीमा गुमेको सत्ता फर्काउने प्रयासमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *