विदेश
अमेरिकाको ज्वालामुखी पहाड विस्फोट
२०७९ मंसिर १३ गते ८:५६
१३ मंसिर २०७९ न्युयोर्क । अमेरिकाको हवाइस्थित विश्वकै सबैभन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ विस्फोट भइरहेको छ ।
झन्डै ४० वर्षपछि पहिलोपटक सो ज्वालामुखी सक्रिय भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय सरकारी अधिकारीहरूले पहाडको टुप्पो वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायहरूलाई खासै कुनै खतरा नरहेको जनाएका छन् ।
तर, अमेरिकी भौगर्भिग सेवाले भने परिस्थिति कुनै पनि बेला परिवर्तन हुनसक्ने चेतावनी दिएको छ । हवाइको विग टापु, वरपरका जलीय क्षेत्र र त्यहाँका बासिन्दालाई लाभाको खरानी खस्नेबारे सतर्क गराइएको छ ।
यसअघि सन् १९८४ को मार्च र अप्रिलमा माउना लोआ विस्फोट हुँदा लाभा हिलो सहरको पाँच माइल दूरीसम्म बगेको थियो ।
प्रतिक्रिया