विदेश

इरानको हिजाबविरोधी प्रदर्शनमा कम्तीमा दश जनाको मृत्यु

हिमालय टिभी
२०७९ कार्तिक २० गते ८:२१
इरानको हिजाबविरोधी प्रदर्शनमा कम्तीमा दश जनाको मृत्यु

२० कात्तिक २०७९ इरान । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बालबालिका समेत छन् । कैयौं प्रदर्शनकारी घाइते भएका छन् । इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै भवनहरूबाट शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएको बीबीसीले जनाएको छ ।

गत सेप्टेम्बर १६ मा २२ वर्षीया अमिनीको मृत्युपछि इरानभर विरोध प्रदर्शन चर्किएको छ । हिजाबको विषयलाई लिएर गत महिना प्रहरीले अमिनीलाई हिरासतमा लिएको थियो ।

उनलाई हिरासतमा यातना दिएर हत्या गरिएको भन्दै राजधानी तेहरानसहित देशैभर प्रदर्शन भएको हो । प्रदर्शनमा पुरुषहरुले समेत साथ दिएका छन् । महिलाहरुले केश काटेर र हिजाफ तथा बुर्का फुकालेर स्वतन्त्रताको पक्षमा आन्दोलन चलाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *