विदेश

२०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्यामा भोकमरीको खतरा

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १०:२२
२०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्यामा भोकमरीको खतरा

१९ कात्तिक २०७९ सुडान । सन् २०२३ मा दक्षिण सुडानको दुई तिहाइ जनसङ्ख्या भोकमरीको चपेटामा पर्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ ।

बाढी, खडेरी र द्वन्द्वका कारण आगामी वर्षको चैत बैशाखदेखि असारसम्ममा दक्षिण सुडानका ७० लाख जनसङ्ख्याले खाद्यान्न अभावको सामना गर्न सक्ने संयुक्त राष्ट्रसंघीय निकायले बताएको हो ।

सन् १०१३ र २०१६ मा भएको खाद्य सङ्कट भन्दा पनि यो अभाव अझै खराब हुनसक्ने संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन, संयुक्त राष्ट्र सङ्घीय बाल कोष र विश्व खाद्य कार्यक्रमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *