विदेश

दिल्लीमा वायु प्रदूषणको स्तर जनस्वास्थका लागि खतरनाक तहमा

हिमालय टिभी
२०७९ कार्तिक १८ गते १०:१४
दिल्लीमा वायु प्रदूषणको स्तर जनस्वास्थका लागि खतरनाक तहमा

१८ कात्तिक २०७९ नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा वायु प्रदुषणको स्तर जनस्वास्थका लागि खतरनाक तहमा पुगेको छ ।

दुई करोड जनसङ्ख्याको बसोबास रहेको दिल्लीमा राखिएका अधिकांश सबै वायु प्रदूषण मापन केन्द्रहरूले हावाको गुणस्तरको सूचकाङ्क (एक्युआई)लाई मानव स्वास्थ्यका लागि ‘अत्यन्त खतरनाक’ स्तरमा पुगेको देखाएका हुन् ।

सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्याङ्कअनुसार हिजो दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ ।

एक्युआई ४०० भन्दा बढी हुँदा स्वस्थ मानिसलाई समेत प्रभाव पार्दछ भने पहिल्यै विभिन्न रोगबाट ग्रसित भएकालाई गम्भीर प्रभाव पार्दछ । सहरको केही पकेट क्षेत्रमा एक्युआई ८०० सम्म पुगेको देखिएको बोर्डले जनाएको छ ।

विश्वको सबैभन्दा बढी प्रदूषित राजधानी मानिएको दिल्लीमा हिउँदयाम सुरु भएसँगै वायु प्रदूषण ह्वात्तै बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *