विदेश

इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता

हिमालय टिभी
२०७९ कार्तिक १७ गते ९:२२
इथियोपियामा सरकार र टिग्रे सेनाबीच युद्ध रोक्ने सम्झौता

१७ कात्तिक २०७९ इथियोपिया । इथियोपियामा दुई वर्षको द्वन्द्व रोक्न दुवै पक्ष सहमत भएका छन् ।

इथियोपिया सरकार र टिग्रे सेनाबीच युद्ध रोक्न सम्झौता भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

अफ्रिकी युनियनले सम्झौतालाई नयाँ बिहानी भन्दै स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ । सम्झौता भएसँगै खाद्यान्न सङ्कट खेपिरहेको इथियोपियामा सहायता वितरण पुनः सुरु गर्न दिनुपर्नेछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तरी टिग्रे क्षेत्रका करिब ९० प्रतिशत नागरिकलाई खाद्यान्न सहयोगको आवश्यकता छ । यस क्षेत्रका करिब एक तिहाइ बालबालिका कुपोषणबाट ग्रस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *