विदेश

रुस–युक्रेन युद्ध : किभका ८० प्रतिशत नागरिक खानेपानीको पहुँचबाट बाहिर

हिमालय टिभी
२०७९ कार्तिक १५ गते ९:१०
रुस–युक्रेन युद्ध : किभका ८० प्रतिशत नागरिक खानेपानीको पहुँचबाट बाहिर

१५ कात्तिक २०७९ युक्रेन । रुसले ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्दा देशभरि बिजुली तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

राजधानी किभका ८० प्रतिशत नागरिक खानेपानीको पहुँचबाट अलग भएको र साढे ३ लाख घरमा विद्युत आपूर्ति बन्द भएको मेयर भिटाली क्लित्स्कोले बताउनुभएको छ ।

मस्कोस्थित रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यहरूमा प्रहार भएको दाबी गरेको छ ।

यसअघि रुसले गाभेको क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा आफ्ना पानीजहाजहरूमाथि ड्रोन हमला गरेको आरोप युक्रेनमाथि लगाएलगत्तै रुसले आक्रमण चर्काएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *