विदेश

युक्रेनसँगको ‘अन्न सम्झौता’ स्थगन गर्ने रूसको घोषणा

हिमालय टिभी
२०७९ कार्तिक १४ गते १०:११
युक्रेनसँगको ‘अन्न सम्झौता’ स्थगन गर्ने रूसको घोषणा

१४ कात्तिक २०७९ मस्को । रूसले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरिएको अन्न सम्झौता तत्काल कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।

सम्झौतापछि युद्धका समयमा पनि युक्रेनबाट ९० लाख टनभन्दा बढी अन्न निर्यात गर्न सम्भव भएको थियो ।

रूसको रक्षा मन्त्रालयले शनिबार अधिनस्थ क्रेमियाको तटीय क्षेत्रमा युक्रेनले आफ्ना ब्ल्याक सी फ्लिट जहाजहरुमाथि ड्रोन आक्रमण गरेको कारण देखाउँदै सम्झौता तोडेको जनाएको छ ।

युक्रेनले यो आरोप अस्वीकार गर्दै रूसले आफ्नै हतियारहरुको दुरुपयोग गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *