विदेश

ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो ‘लुला’ डा सिल्भा निर्वाचित

हिमालय टिभी
२०७९ कार्तिक १४ गते १०:०७
ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो ‘लुला’ डा सिल्भा निर्वाचित

१४ कात्तिक २०७९ ब्राजिल । ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो “लुला“ डा सिल्भा निर्वाचित हुनुभएको छ ।

हिजो भएको मतदानमा वर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गर्दै लुला विजयी हुनुभएको हो । निर्वाचन प्राधिकरणका अनुसार लुलाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने बोल्सोनारोले ४९.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

२००३ देखि २०१० सम्म लुला, धेरै भ्रष्टाचार काण्डमा मुछिनुभएको थियो भने बोल्सोनारोलाई कोरोना महामारीको दुरुपयोग गरेको र अमेजनमा वन विनाशलाई अनुमति दिएको आरोप लागेको थियो ।

निर्वाचित लुला वामपन्थी पूर्व ट्रेड युनियन नेता हुन् र बोल्सोनारो दक्षिणपन्थी जनवादी र पूर्व सेना कप्तान हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *