विदेश
भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२ नाघ्यो
२०७९ कार्तिक १४ गते १०:०३
१४ कात्तिक २०७९ नयाँ दिल्ली । भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२ नाघेको छ ।
हिजो साँझ मोरबी भन्ने स्थानमा मच्छु नदीमाथि बनेको पुल चुँडिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार १ सय ३२ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ ।
अझैँ ५० जना व्यक्ति बेपत्ता भएको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि भारतीय वायु सेनाका जवान परिचालन गरिएको छ ।
मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । क्षमताभन्दा बढी मानिस चढेका कारण पुल चुँडिएको अनुमान गरिएको छ ।
प्रतिक्रिया