विदेश

सिउलमा भागदौड : १ सय ४९ जनाको मृत्यु, ७६ जना घाइते

हिमालय टिभी
२०७९ कार्तिक १३ गते ९:१६
सिउलमा भागदौड : १ सय ४९ जनाको मृत्यु, ७६ जना घाइते

१३ कात्तिक २०७९ सिउल । दक्षिण कोरियाको राजधानी सिउलमा भागदौड हुँदा १ सय ४९ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ७६ जना घाइते भएका छन् । गएराति हलोविन मनाउन जम्मा भएको भिड बढेपछि भागदौड भएको हो ।

भागदौडका क्रममा मृत्यु हुनेमा दुई जना विदेशी र धेरै २० वर्षमुनिका रहेका बीबीसीले जनाएको छ । घाइतेमध्ये १९ जनाको अवस्था गम्भिर रहेको र ५७ जनाको अवस्था सामान्य रहेको पनि खबरमा उल्लेख छ ।

राष्ट्रपति युन सुक–योलले घटनाको दुःख व्यक्त गर्दै घाइतेको उपचारका लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । अहिलेसम्म घटनाको कारण खुलेको छैन । यसबारेमा अनुसन्धान हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *