विदेश
सन् २०३५ देखि पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने इयूको प्रस्ताव पारित
२०७९ कार्तिक १२ गते ८:५२

१२ कात्तिक २०७९ ब्रसेल्स । यूरोपियन यूनियन (इयू)ले सन् २०३५ देखि २७ ओटा देशहरुमा पेट्रोल तथा डिजेलबाट चल्ने कारको विक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।
विद्युतीय सवारीसाधनलाई बढावा दिन र जलवायु परिवर्तन उत्पन्न समस्यासँग जुध्न ईयूले डिजेल र पेट्रोलबाट चल्ने कारको विक्रीवितरणमा प्रभावकारी ढङ्गले प्रतिबन्ध लगाउने कानून पारित गरेको हो ।
यूरोपियन कमिसन, यूरोपियन संसद र कार निर्माता कम्पनीहरुबीच डिजेल तथा पेट्रोल कारको विक्रीवितरणमा प्रतिबन्ध गाउने सहमति भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया