विदेश

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि सुनक र मोर्डन्टको औपचारिक दाबी

हिमालय टिभी
२०७९ कार्तिक ७ गते ९:०१
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि सुनक र मोर्डन्टको औपचारिक दाबी

७ कात्तिक २०७९ लण्डन । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ऋषि सुनक र वर्तमान सरकारका मन्त्री पेन्नी मोर्डन्टले आधिकारिक रुपमा आफ्नो दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्री नै रहनुभएका बोरिस जोनसन पनि पुनः प्रधानमन्त्रीको आकांक्षी मानिए पनि उहाँले औपचारिक रुपमा हालसम्म आफ्नो दाबी प्रस्तुत गर्नुभएको छैन ।

३ सय ५७ सांसद रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीको समितिले नयाँ नेताका लागि अक्टोबर २८ मा निर्वाचन गर्नेछ । नयाँ नेताका लागि उम्मेदवारी मनोनयन गर्न कम्तीमा १०० सांसदको समर्थन चाहिन्छ ।

सुनकका पक्षमा हालसम्म १३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् भने जोन्सनका पक्षमा ५६ र मोर्डन्टको पक्षमा २३ सांसदले हालसम्म समर्थन व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *