विदेश

बेलायती प्रधानमन्त्री ट्रसद्वारा पदबाट राजीनामा

हिमालय टिभी
२०७९ कार्तिक ४ गते ९:२०
बेलायती प्रधानमन्त्री ट्रसद्वारा पदबाट राजीनामा

४ कात्तिक २०७९ लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ ।

राजनीतिक र आर्थिक संकट बढ्दै जाँदा उहाँले आज राजीनामा दिनुभएको हो । उहाँ ४५ दिनअघि मात्र प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकेको भन्दै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिएका थिए ।

अब नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र चुनाव हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *