विदेश

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज ३० गते ९:२४
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

३० असोज २०७९ मस्को । रुसको एक सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले आक्रमण गर्दा १५ जना घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो ।

युक्रेनसँग सीमा जोडिएको रुसको बेलगोरोड क्षेत्रमा घटना भएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्र समर्थक भएको बताए पनि थप जानकारी दिइएको छैन । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *