विदेश

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज २९ गते ९:१०
टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

२९ असोज २०७९ टर्की । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

विष्फोटमा परी कम्तिमा २८ जना घाइते भएकाm छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खानीमा ५० जनाभन्दा धेरै कामदारहरू फसेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको छ ।

बार्टिनको अमासरा सहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्यासका कारण विस्फोट भएको बताइएको छ ।

खानीमा विष्फोट भएको सूचना पाउनेबित्तिकै गृहमन्त्री सुलेमान सोयलू घटनास्थल पुग्नुभएको थियो । उहाँका अनुसार विष्फोटका बेला खानीमा १ सय १० जना कामदार काम गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *