विदेश

बाढीमा परी यो वर्ष नाइजेरियामा ५ सयभन्दा बढीको मृत्यु

हिमालय टिभी
२०७९ असोज २७ गते ११:१०
बाढीमा परी यो वर्ष नाइजेरियामा ५ सयभन्दा बढीको मृत्यु

२७ असोज २०७९ नाइजेरिया । भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा ५ सयभन्दा बढीको मृत्यु भएको छ ।

बाढीमा परेर एक हजार ५ सय ४६ जना घाइते भएका छन् । हालसम्म नाइजेरियाका ३१ राज्य र संघीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार २५४ जना विस्थापित भएका त्यहाँको मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त, ४५ हजार घर पूर्ण रूपमा क्षतिग्रस्त र एक लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *