विदेश

युक्रेनलाई युद्धमा सहयोग गर्ने विश्वका धनी मुलुकहरूको समूह ‘जी ७’ को निर्णय

२०७९ असोज २६ गते ९:२७
युक्रेनलाई युद्धमा सहयोग गर्ने विश्वका धनी मुलुकहरूको समूह ‘जी ७’ को निर्णय

२५ असोज २०७९ युक्रेन । विश्वभरका धनी मुलुकहरूको समूह ‘जी ७’ ले युक्रेनलाई युद्धमा सहयोग गर्ने भएका छन् ।

‘जी ७’ को आकस्मिक बैठकले जबसम्म युक्रेन र रुसबीच युद्ध जारी रहन्छ तबसम्म युक्रेनलाई सबै किसिमको सहयोग गर्ने निर्णय गरेका हुन् । ‘जी ७’ का मुलुकहरूले युक्रेनलाई मानवीय र सैन्य सहायता प्राथमिकताका साथ गर्ने बताएका हुन् ।

नेटोले पनि युक्रेनलाई सहयोग गर्ने बताएको छ । सोमवार युक्रेनको राजधानी किभमाथि रुसले गरेको मिसाइल आक्रमण पछि विश्वका विभिन्न मुलुकले आपत्ति जनाएका छन् ।

यसैबीच, रूसको रक्षा मन्त्रालयले जानी जानी यूक्रेनको ऊर्जा र सैन्य भौतिक संचनामाथि मिसाइल आक्रमण गरेको स्वीकारेको छ ।

रक्षा मन्त्रालयले यूक्रेनलाई युद्धमा कमजोर र पराजित गर्नका लागि उसको ऊर्जा र सैन्य भौतिक संरचनालाई नष्ट गर्नु रूसको मुख्य प्राथमिकता रहेको पनि बताएको छ ।

रूसी आक्रमणपछि पुनः सर्वसाधारणलाई खतराको सङ्केतमा साइरन बजेपछि बङ्करमा बस्न यूक्रेकी सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *