विदेश

रुसले युक्रेनको राजधानी किभमाथि गरेको आक्रमणको सर्वत्र आलोचना

हिमालय टिभी
२०७९ असोज २५ गते ९:१९
रुसले युक्रेनको राजधानी किभमाथि गरेको आक्रमणको सर्वत्र आलोचना

२५ असोज २०७९ युक्रेन । रुसले युक्रेनको राजधानी किभमाथि आक्रमण गरेकोमा पश्चिमा मुलुकले विरोध जनाएका छन् ।

हिजो बिहान रुसले युक्रेनको राजधानी किभमाथि गरेको आक्रमणमा परी १४ जनाभन्दा बढीको मृत्यु भएको छ । क्षेप्यास्त्र आक्रमणमा परी एक सय जनाभन्दा बढी घाइते भएका छन् । अमेरिकाले रुसी आक्रमणको निन्दा गर्दै सर्वसाधारणलाई लक्षित गर्दै भएको हमला उचित नभएको बताएको छ ।

अमेरिकाले युक्रेनलाई निरन्तर सहयोग गरिरहने पनि बताएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले रुसी आक्रमणले चिन्तित बनाएको बताउनुभयो । उहाँले रुसलाई बारम्बार युद्ध रोक्नका लागि आग्रह गरे पनि सर्वसाधारणलाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गर्नु दुखद भएको बताउनुभयो ।

रुसले भने युक्रेनसहित पश्चिमा मुलुकलाई चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यस्ता आक्रमण अब निरन्तर भइरहने र युक्रेनले फिर्ता लिएका क्षेत्रमाथि पुनः कब्जा गर्ने बताउनुभएको छ । उहाँले युक्रेनले युद्धमा हार नमाने उसका लागि योभन्दा पनि बढी भयावह आक्रमणको तयारी भइरहेको पनि चेतावनी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *