विदेश

रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह

हिमालय टिभी
२०७९ असोज २३ गते ९:३८
रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह

२३ असोज २०७९ युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीले रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

रुसी सेना परमाणु हतियारको प्रयोगलाई तयारी अवस्थामा राख्ने काम गरिरहेको भएपनि रुसले आक्रमण नगर्नेमा भने आफू विश्वस्त रहेको उहाँको भनाइ छ । पछिल्लो समय रुसले पुनः युक्रेनसँगको युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएपछि विश्व समुदाय पनि चिन्तित बनेको छ ।

एक सञ्चार माध्यमसँग अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले रुसमाथि रकेट आक्रमणका लागि युक्रेनले सुझाव दिएको आरोप अस्वीकार गर्नुभयो । उहाँले रक्षात्मक प्रहार प्रयोग गर्नु पर्ने भन्दै आक्रमणको लागि रकेट आक्रमणको विषयलाई गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

पछिल्ला केही हप्ता युक्रेनी सैनिकले रुसको कब्जामा रहेका क्षेत्रहरू पुनः आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *