विदेश
थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा पूर्वप्रहरीले गोली चलाउँदा ३४ जनाको मृत्यु
२०७९ असोज २० गते १४:५९

२० असोज २०७९ थाइल्याण्ड । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा एक पूर्वप्रहरीले गोली चलाउँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको उत्तरपूर्वी प्रान्तको नोङ बुवा लाम्फुमा अवस्थित बालबालिका हेरचाह केन्द्र भएको गोलीकाण्डमा कम्तीमा ३४ जनाको मृत्यु भएको हो।
बन्दुकधारी भने फरार छन् । मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हान्नुका साथै छुरा पनि प्रहार गरेका थिए ।
आक्रमणको कारण भने खुल्न सकेको छैन । यसअघि सन् २०२० मा एक सैनिकले २१ जनाको हत्या गरेका थिए ।
प्रतिक्रिया