विदेश

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने

हिमालय टिभी
२०७९ असोज १७ गते १०:०७
ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने

१७ असोज २०७९ ब्राजिल । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

हिजो भएको मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उधृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हाँसिल गर्ने वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भा लक्ष्य पूरा भएन ।

९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७ दशमलव ६ प्रतिशत मत पाउनुभयो । यस्तै वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३ दशमलव ९ प्रतिशत मत पाउनुभयो ।

दोस्रो चरणको मतदान अक्टोबर ३० मा हुनेछ । अधिकांश मत सर्वेक्षणहरुले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मत बढी पाउने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *