विदेश
उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु
२०७९ असोज १६ गते ९:५५

१६ असोज २०७९ उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ ।
कैयौँ घाइते भएका छन् । श्रद्धालु बोकेको ट्याक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनाको थप विवरण आउँन बाँकी छ ।
प्रतिक्रिया