विदेश

फुटबल खेलपछि इन्डोनेसियामा भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु

हिमालय टिभी
२०७९ असोज १६ गते ९:२०
फुटबल खेलपछि इन्डोनेसियामा भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु

१६ असोज २०७९ इन्डोनेसिया । इन्डोनेसियामा फुटबल खेल सकिएपछि भड्किएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ ।

भागदौडमा १ सय ८० जना घाइते भएका छन् । पर्सेबाया सुराबाया नामक टिमसँगको खेलमा अरेमा एफसीको टिम पराजित भएपछि भएको हिंसामा उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खेलपछि पराजित टोलीका समर्थक मैदानमा उत्रिएका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । जसका कारण निसास्सीएर धेरैको मृत्यु भएको प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी पनि रहेका छन् । इन्डोनेसियाको फुटबल एशोसिएशन (पीएसएसआई) ले घटनाको अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *