विदेश

युक्रेनका क्षेत्र रूसमा सहभागी गराउने रूसको निर्णय पछि अमेरिकाले थप्यो प्रतिबन्ध

हिमालय टिभी
२०७९ असोज १५ गते ९:२८
युक्रेनका क्षेत्र रूसमा सहभागी गराउने रूसको निर्णय पछि अमेरिकाले थप्यो प्रतिबन्ध

१५ असोज २०७९ न्युयोर्क । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका थप चार क्षेत्रलाई रूसमा सामेल गराउने निर्णयमा हस्ताक्षर गरेसँगै अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसको यो कदमको निन्दा गर्दै युक्रेनलाई अतिरिक्त सुरक्षा सहयोग गर्ने पनि बताउनुभयो । हाल युक्रेनमा रहेका दोनेत्स्क, लुहान्स्क, खेरसन र जोपोरिजिया क्षेत्रहरू रूसमा गाभ्ने निर्णय भएपछि संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकले विरोध गरेका छन् ।

अबको केहि दिनपछि युक्रेनका यी क्षेत्र औपचारिक रुपमा रूसमा सहभागी हुने प्रक्रिया शुरु हुने रूसी राष्ट्रपति पुटिनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *