विदेश

श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

हिमालय टिभी
२०७९ असोज १३ गते ९:२९
श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

१३ असोज २०७९ कोलम्बो । श्रीलङ्का सरकारले मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको बताएको छ ।

कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको बताउनुभयो ।

मानव–हात्ती द्वन्द्वका कारण श्रीलङ्कामा बर्सेनि करिब ३ सय हात्तीको र एक सय भन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ ।

हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *